कीवर्डहरू -

काठमाडौं महानगरको आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट

आवश्यक मेन्टरसीप दिइने

काठमाडौं महानगरको आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट

काठमाडौं महानगरपालिकाले आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट गरेको छ । आईडियालाई व्यवसायमा परिणत गर्ने उद्देश्यले महानगरको शहरी योजना आयोगले प्रारम्भिक छनौमा परेका १०१ आईडियाबाट ५० वटा आईडिया छानेको हो ।

प्रारम्भिक छनौटमा परेका १०१ आईडियाले आफ्नो आईडिया, व्यवसायीक सम्भावना लगायतको विषयमा प्रस्तुती दिएका थिए ।

यस चरणका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए । यसमा ७८ वटा समूह र २३ जना व्यक्ति छन् ।

प्रस्तुती र निर्णायकको आधारमा ५० वटा आईडिया छनौटमा परेका हुन् । छानिएका आईडियालाई आवश्यक प्रशिक्षण दिने र सम्भावित लगानीकर्ताहरूसँग जोडिदिने महानगरले जनाएको छ ।