कीवर्डहरू -

भिभोको ‘मनसुन फेस्टिभल’ अफर, वाई सिरिजका स्मार्टफोन किन्दा छुट

भिभोको ‘मनसुन फेस्टिभल’ अफर, वाई सिरिजका स्मार्टफोन किन्दा छुट

भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । यस योजना अन्तर्गत आफ्ना लोकप्रिय वाई सिरिजका मोबाइल फोनहरूको मूल्य घटाएको छ ।

ब्रान्डले वाई२२एस, वाई १५ सी, वाई १६, वाई ०२, वाई २२ र वाई ०१ स्मार्टफोनहरूमा छुट दिने घोषणा गरेको हो ।

ग्राहकहरूले नेपालका विभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमा तथा इ–कमर्स साइटहरूमा यस अफरको भरपुर लाभ लिन सक्छन् ।

वाई२२एस स्मार्टफोनको मूल्य रु. २७,९९९ बाट घटाइएर यसअफर अवधि भरि वाई२२एस रु. २५,४९९ मा उपलब्ध हुनेछ ।

वाई१५सीको मूल्य रु. १७,९९९ बाट घटेर रु १४,९९९ पुगेको छ । रु १८,९९९ मूल्य रहेको वाई१६ स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुट पश्चात् नयाँ मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ ।

वाई०२ स्मार्टफोनको मूल्य १२,४९९ बाट घटाएर अफर अवधिका लागि रु ११,९९९ मा उपलब्ध गराइनेछ । वाई२२ स्मार्टफोनको बजार मूल्य रु २२,९९९ भए पनि ३१ जुलाईसम्म रु. २१,४९९ मा उपलब्ध हुनेछ । रु १३,९९९ बजार मूल्य रहेको वाई०१ स्मार्टफोन अफर अवधिसम्म रु १२,९९९ मा उपलब्ध हुनेछ ।