कीवर्डहरू -

५ दिनमै थ्रेड्सका १० करोड प्रयोगकर्ता

५ दिनमै थ्रेड्सका १० करोड प्रयोगकर्ता

ट्विटरको प्रतिस्पर्धीको रूपमा सार्वजनिक भएको इन्स्टाग्रामको नयाँ एप थ्रेड्सका प्रयोगकर्ता १० करोड पुगेको छ ।

च्याटजीपीटीको भन्दा छिटो १० करोड अर्थात १०० मिलियन प्रयोगकर्ता पुर्‍याउने एप थ्रेड्स बनेको हो ।

च्याटजीपीटीलाई १० करोड प्रयोगकर्ता पुर्‍याउन २ महिना लागेको थियो । तर बुधबार सार्वजनिक भएको थ्रेड्सले ५ दिनमै १० करोड प्रयोगकर्ता पुर्‍याएको छ ।

थ्रेड्समा प्रयोगकर्ताले साइनअप मात्रै गरेका छैनन् । सक्रिय समेत छन् । प्रयोगकर्ताहरूले विविध विषयमा पोष्टहरू गरिरहेका छन् ।

इन्स्टाग्रामका प्रमुख अदाम मोसेरीले गत हप्ता मेटाले ट्विटरलाई विस्थापित गर्न नचाहेको बताएका थिए ।