कीवर्डहरू -

आईएमई पे, खल्ती र प्रभु पे नेपालपे क्युआरमा आबद्ध

आईएमई पे, खल्ती र प्रभु पे नेपालपे क्युआरमा आबद्ध

नेपालपे क्युआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमईपे, खल्ती र प्रभुपे पनि आवद्ध भएका छन् ।

यससँगै अब ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपालपे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका  छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडिया सञ्चारकर्मीहरुको उपस्थितिमा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो ।