कीवर्डहरू -

विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेस

विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभामा पेस गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएपछि राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० राष्ट्रिय सभामा पेश हुन् ।

विधेयक पेश गर्दै मन्त्री रिजालले नेपालमा विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको खरिद बिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई निुमन तथा सहजीकरण गर्न, व्यवस्थित र विश्वसनीय बनाउन विद्युतीय व्यापार सम्बन्धि ऐनको आवश्यकता भएको बताए ।

विद्युतीय व्यापारको माध्यमबाट मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ती र निर्यात प्रवर्द्धन तथा लघु, घरेलु, साना तथा मझौला उद्योगको उत्पादन अभिवृद्धि गर्न सकिने उनले बताए ।

कानुनको अभावमा विद्युतीय माध्यमबाट व्यापार गर्दा आइपर्ने समस्याको निराकरण गर्न तथा उपभोक्ताको संरक्षण गर्न कठिनाई भएको अवस्था जानकारी गराउँदै यसलाई व्यवस्थित र विश्वसनीयता बनाउन विधेयकको आवश्यकता भएको मन्त्री रिजालले औल्याए ।

यो पनि पढ्नुहोस्ः अनलाइन व्यापारमा पैसा लिएर सामान नदिए ३ वर्ष कैद