कीवर्डहरू -

प्लस साइज नेपालको आउटलेट कुमारीपाटीमा, सामाजिक सञ्जालबाट मात्रै दैनिक २०० बढी अर्डर 

प्लस साइज नेपालको आउटलेट कुमारीपाटीमा, सामाजिक सञ्जालबाट मात्रै दैनिक २०० बढी अर्डर 

बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा सुरुवात गरेको छ । काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो ।

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ ।

इस्मल, मिडियम, लार्ज देखि ६एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ ।  प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले करिब ५ वर्षको समयकालमा प्लस साइज नेपाललाई ब्राण्ड बनाउन दिन रातको मिहिनेतले मात्र सम्भव भएको बताए ।

म्यानपावर व्यवसायी समेत रहेका विष्णु बोहोराले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसियामा प्रतिबन्ध लगाएपछि फुरेको आइडियाले प्लस साइज नेपाल सुरु गरेका थिए ।

प्लस साइज नेपालले कपडा विदेश निर्यात समेत गर्न थालेको छ । धेरै नभए पनि केही मात्रामा मलेसियामा लुगाहरु निर्यात गरिएको अध्यक्ष बोहोराले जानकारी दिए ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट प्लस साइज नेपालमा प्रति दिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन भने पसलबाटै पनि राम्रो प्रतिक्रियासहितको व्यापार भइरहेको उनको भनाइ छ ।

अनलाइनमा वर्चश्व बढाएको प्लस साइज नेपालले निकट भविष्यमा नै आफ्नै वेवसाइट विकास गर्दै थप सहजताका साथ व्यवसाय अगाडी बढाउने जनाएको छ ।

नेपालमा पाइने कच्चा पदार्थबाट बन्ने सबै प्रकार कपडाहरु बनाइरहेको प्लस साइज नेपालले केहि लुगाहरु भने आयात गर्नु नै पर्ने विडम्बना रहेको उनी बताउँछन् ।

यसका साथै प्लस साइज नेपालले लेडिजहरुका लागि वान स्टप सोलुसन भन्दै ब्युटि प्रोडक्ट सँगै लुगाको व्यापार गर्दै आएको छ ।