कीवर्डहरू -

आइएमई पेबाट यती एयरलाइन्सको टिकट खरिद गर्दा पाँच सयसम्म छुट पाइने

आइएमई पेबाट यती एयरलाइन्सको टिकट खरिद गर्दा पाँच सयसम्म छुट पाइने

आइएमई पेमार्फत यती  एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट पाउन सक्ने भएका छन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा  एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड "MONSOONYT51" प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको छुट अफर आगामी असार ३१ गतेसम्म मात्रै लागु हुने आइएमई पेले जनाएको छ ।