कीवर्डहरू -

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ११ लाख ठगी गर्ने पक्राउ 

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ११ लाख ठगी गर्ने पक्राउ 

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ठगी गरेको आरोपमा मोरङका २१ वर्षीय महमद मोजाहीद मियालाई पक्राउ गरेको हो ।

मियाले 9762225542, 9762512841 मोबाइल नम्बरबाट  सम्पर्क गरी विभिन्न बैंकको आधिकारीक कर्मचारी हुँ भनी बैक खातासंग वालेट आईडी लिंक, खाता नविकरण, केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्योर ट्रान्सफर शुल्क नलाग्ने र राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरिदिने बहाना बनाउथे ।

त्यसपछि पिडितहरुकै बैक खाता लगायत ओटीपी कोड समेत मागी खातामा पहुँच पुर्‍याई अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम रकमान्तर गर्ने गरेका थिए ।

उनले त्यसरी ११ लाख १२ हजार ८४९ रूपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मियालाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।