कीवर्डहरू -

भिभो वाई २७ फाइभजी सार्वजनिक हुँदै

भिभो वाई २७ फाइभजी सार्वजनिक हुँदै

भिभो वाइ २७ फाइभजी चिनियाँ कम्पनीको भि–श्रृङ्खलाका स्मार्टफोनहरूमा सबैभन्दा नयाँ उत्पादनको रूपमा आधिकारिक रूपमा अनलाइन सूचीकृत भएको छ ।

भिभोको ग्लोबल वेबसाइटमा सार्वजनिक गरिएको सूची अनुसार फोन मिडियाटेकको डाइमेन्सिटी ६०२० प्रोसेसरद्वारा संचालित हुनेछ ।

यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज पनि छ । यस बाहेक १५ वाट वायर्ड चार्जिङको लागि सपोर्टसहित यस फोनमा ५,००० एमएएच ब्याट्री दिइएको छ ।

नयाँ भिभो वाइ २७ फाइभजीको मूल्य निर्धारण कम्पनीले अहिलेसम्म घोषणा गरेको छैन, र कम्पनीको ग्लोबल वेबसाइटमा सूचीकरणले हाल फोनको उपलब्धता सम्बन्धी विवरणहरू समावेश गरेको छैन् ।

भिभो वाइ २७ फाइभजी स्मार्टफोन ६४ जीबी प्लस १२८ जीबी र ६ जीबी प्लस १२८ जीबी र्याम र भण्डारण कन्फिगरेसनमा आउँछ । यो फोन मिस्टिक ब्ल्याक र साटिन पर्पल कलरमा ल्याइएको छ ।

ह्यान्डसेटमा ६.६४ इन्च फुल–एचडी प्लस (१,०८० २,३८८ पिक्सेल) एलसीडी डिस्प्ले रहेको छ । क्यामेराको कुरा गर्दा, यो फोनमा डुअल क्यामेरा सेटअप छ, जसमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र २ मेगापिक्सेलको सेकेन्डरी क्यामेरा छ ।

भिडियो च्याट र सेल्फीहरूको लागि, भिभो वाइ २७ फाइभजीमा ८–मेगापिक्सेलको क्यामेरा छ, वाटरड्रप–शैलीको डिस्प्ले नोचमा राखिएको छ ।

भिभो वाइ २७ फाइभजी इनबिल्ट भण्डारणको साथ आउँछ जुन हाइब्रिड माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न सकिन्छ ।

जडानको लागि, यो फोनमा फाभइजी, फोरजी एलटीइ, ब्लुटुथ ५.१, एनएफसी, यूएसबी अन–द–गो (ओटिजी) सपोर्टसहितको यूएसबी टाइप–सी पोर्ट समावेश छ । भिभो वाइ २७ फाइभजी ह्यान्डसेटमा १५ वाट चार्जिङ सपोर्टको साथ ५ हजार एमएएच ब्याट्री रहेको छ ।