कीवर्डहरू -

वर्ल्डलिंकको इन्टरनेट जोड्ने कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

वर्ल्डलिंकको इन्टरनेट जोड्ने कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेले ५ प्रतिशत छुट पाउनेछन्।

यो छुट प्राप्त गर्न ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा कुमारी बैंकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ।

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न कुमारी बैंकले यस सहकार्यमार्फत वर्ल्डलिंकको सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको हो।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरिका ३ सय २ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३ सय ८ एटिएम तथा ६३ शाखारहित बैंकिङ इकाईसहितका सञ्जालहरूमार्फत आफ्ना ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकको प्रतिबद्धता छ।