काठमाडौं महानगरले कक्षा ११ मा पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै महानगरले छात्रवृत्तिका लागि अनलाइन आवेदन माग गरेको हो ।
११ कक्षामा पढ्न चाहने विद्यार्थीले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा आवेदन दिन सक्ने छन् ।
अनलाइन आवेदन दिन काठमाडौं महानगरपालिकाको वेबसाइटमा जानुहोस् वा यहाँ क्लिक गर्नुहोस् । आवेदन आउँदो साउन १२ गतेसम्म दिन सकिने छ ।
आवेदनपछि छात्रवृत्तिका लागि परीक्षा साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुनेछ ।