कीवर्डहरू -

भारतमा दर्ता भयो हाम्रो पात्रो, ज्योतिष, गिफ्ट र टेलिहेल्थ सेवा उपलब्ध गराउने

भारतमा दर्ता भयो हाम्रो पात्रो, ज्योतिष, गिफ्ट र टेलिहेल्थ सेवा उपलब्ध गराउने

नेपालको हाम्रो पात्रोले अब भारतमा पनि सेवा उपलब्ध गराउने भएको छ । भारतीय बजारमा सेवा विस्तार गर्नका लागि हाम्रो पात्रो भारतमा दर्ता भएको हो ।

हाम्रो पात्रोका अध्यक्ष रूद्रराज पाण्डेले हाम्रो पात्रो भारतमा दर्ता भएको जानकारी दिएका हुन् । हाम्रो पात्रो इन्डिया प्राइभेट लिमिटेडको रूपमा हाम्रो पात्रो भारतमा दर्ता भएको छ ।

हाम्रो पात्रो दर्ता भएसँगै अबको केही हप्तामा ज्योतीष, गिफ्ट र टेलिहेल्थ सेवा भारतमा पनि प्रदान गर्ने पाण्डेले बताए ।

पाण्डेले एक ट्विट गर्दै भनेका छन्, ‘हाम्रो पात्रो इन्डिया दर्ता भएको छ । अबको केही हप्तामा ज्योतीष, गिफ्ट र टेलिहेल्थ सेवा भारतमा सार्वजनिक गर्दै छौं । हाम्रो सेवाका लागि भारत विशाल बजार हो ।’