कीवर्डहरू -

एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको यस बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालबाट जेष्ठ १३ गते उद्घाटन सम्पन्न भयो ।

त्यस्तै सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्धचोक शाखाको यस बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलले उद्घाटन गरे । 

याे मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हाे ।