कीवर्डहरू -

एआइको विरोध गर्दै आएका मस्कले खोले आफ्नै एआइ स्टार्टअप

एआइको विरोध गर्दै आएका मस्कले खोले आफ्नै एआइ स्टार्टअप

ट्वीटरका मालिक एलन मस्कले आफ्नै एआइ एक्सएआइको सुरुवात गरेका छन् । मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआइको सुरु गर्दा आर्टिफिसियल इन्टेलिजेन्समा चीनको बढ्दो चासोको बारेमा बोलेका छन् ।

यस भन्दा पहिले एलन मस्ककले आफैले आर्टिफिसियल इन्टेलिजेन्स विनाशकारी टेक्नोलोजी भएकोे विचार व्यक्त गरेका थिए ।

एआई टेक्नोलोजी नयाँ होइन, तर गत वर्ष मानव जस्तो टेक्स्ट जेनेरेटर च्याटजीपीटीको सुरुवात पछि यसले ठूला टेक कम्पनीहरूको ध्यान खिचेको छ । च्याटजीपीटी, बिंग, बार्ड जस्ता धेरै एआइ मोडलहरू प्रयोगकर्ताहरूका लागि ल्याइएका छन् ।

छिमेकी राष्ट्र चीनको कुरा गर्ने हो भने चीन पनि यो मामिलामा पछाडि छैन् । धेरै चिनियाँ कम्पनीहरू अहिले एआई प्रविधिमा काम गरिरहेका छन् । हालसालै, ट्विटरका मालिक एलन मस्कले पनि चीनको एआई प्रविधिमा बढ्दो चासोको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

एलन मस्क केही साताअघि चीन भ्रमणमा थिए, त्यसैले चीन भ्रमणपछि मस्कले एआई प्रविधिमा चीनको थप योजनाको बारेमा कुरा गरेका छन् ।

मस्कले आफ्नो चीन भ्रमणका क्रममा एआई प्रविधिको सही प्रयोग र नियमबारे कुरा गरेको बताए । चीन पक्कै पनि एआई नियमनका लागि सहकारी अन्तर्राष्ट्रिय ढाँचामा काम गर्न इच्छुक रहेको उनको भनाइ छ ।

एलन मस्कले गत महिना चीनको बेइजिङमा चिनियाँ विदेश, वाणिज्य र उद्योग मन्त्रीहरूसँग भेट गरेका थिए । एलन मस्कले पनि डिङ जुक्सियाङसँग भेट गरे । चीन भ्रमणबाट फर्किएपछि एलन मस्कले चीनमा एआई प्रविधिको विकास र विस्तारसँगै एआईको नियमनमा पनि ध्यान दिइने जानकारी दिए ।