कीवर्डहरू -

तपाईले प्रयोग गर्ने मोबाइलको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता छैन् ? यसरी गर्नुहोस् दर्ता 

तपाईले प्रयोग गर्ने मोबाइलको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता छैन् ? यसरी गर्नुहोस् दर्ता 

के तपाईले आफ्नो मोबाइलको आईएमईआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस ) मा दर्ता गर्नुभयो ? यदी गर्नुभएको छैन् भने आजै दर्ता गर्नुहोस् ।

असार मसान्तसम्म एमडीएमएसमा मोबाइल दर्ता नभए उक्त मोबाइलमा सिम कार्ड चल्ने छैन् । सरकारले आर्थिक विधेयकमार्फत गत जेठ १५ गतेसम्म नेपालमा आएका तर एमडीएमएसमा दर्ता नभएका मोबाइललाई एकमुस्ट शुल्क तिरेर असारसम्म दर्ता गर्ने अन्तिम समय दिएको छ ।

विधेयकमा एक लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका लागि लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

उक्त शुल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरिएको छ । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधी विदेशमा बसी फर्केका नेपाली नागरिकले सोको प्रमाण पेश गरेमा त्यस्ता व्यक्तिले २ थान सेलुलर मोबाइल फोन प्रणालीमा निःशुल्क दर्ता गर्न सक्ने छन् ।

आर्थिक विधेयक २०८० को दफा २४ अनुसार शुल्क तिरेर ग्रे डेटाबेसमा भएका मोबाइललाई मात्रै दर्ता गर्न सकिने छ ।

गत भदौअघि नेपालमा प्रयोग रहेका फोनहरूलाई भने प्राधिकरणले स्वतः दर्ता हुने गरी ‘ह्वाइट लिस्ट’ मा समावेश गरिसकेको छ ।

गत जेठ १५ सम्म आएका फोनलाई ग्रे लिष्टमा समावेश गरेको छ । पैसा तिरेर ग्रे लिस्टमा भएको फोन दर्ता गर्न कम्तिमा पनि एउटा आईएमईआई नम्बर उक्त सूचीमा हुनुपर्नेछ ।

कसरी गर्ने दर्ता ?

आर्थिक विधेयक २०८० को दफा २४ ले २०७९ भाद्र ३० देखि २०८० जेष्ठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजश्व तिरी उक्त मोबाईलहरू दर्ता गर्न सकिने व्यवस्था गरेको छ । राजश्व अनलाईननै तिर्न सकिने छ ।

ग्रे मोबाल दर्ताका लागि सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यहाँ आफ्नो मोबाइलको आईएमईआई लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरीसकेपछि तिर्नुपर्ने राजश्व स्वतः प्रणालीले नै देखाउछँ।

भुक्तानीका लागि कनेक्ट आईपीएस छनौट पश्चातः देखिने क्युआर कोडलाई स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। भुक्तानी सफल भएको एक घण्टा भित्र उक्त मोबाइल दर्ता हुनेछ ।

आफ्नो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ/छैन कसरी चेक गर्ने ?

सुरूमा नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टल mdms.nta.gov.np मा गई बायाँ तर्फको ‘आफ्नो मोबाईलको आईएमईआई एमडीएमएसमा दर्ता भए/नभएको हेर्नुहोस’ भन्ने बक्समा आफ्नो मोबाईलको आईएमईआई नम्बर प्रविष्ट गरी उक्त मोबाइल दर्ता भए नभएको जाँच गर्न सकिन्छ ।