कीवर्डहरू -

काठमाडौं मोडेल कलेजको समिर समिट स्टोनी ब्रुक युनिभर्सिटीको सहकार्यमा सम्पन्न

काठमाडौं मोडेल कलेजको समिर समिट स्टोनी ब्रुक युनिभर्सिटीको सहकार्यमा सम्पन्न

काठमाडौं मोडेल कलेजले प्राज्ञिक उन्नयनका लागि दुई दिने आवासीय गोष्ठीको आयोजना गर्यो । अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्यालयसँगको सहकार्यमा सम्पन्न भएको उक्त कार्यशाला त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । प्रमुख अतिथिको आशनबाट आफ्नो मन्तव्य राख्दै शिक्षाध्यक्ष्य प्रा.डा. त्रिपाठीले नेपालको शैक्षिक गुणस्तर वृद्धिमा काठमाडौं मोडेल कलेजले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंशा गरिन् ।

उनले के.एम.सी. नेपालको उत्कृष्ट शैक्षिक केन्द्र रहेको बताउँदै यसले विदेशका प्रख्यात विश्वविद्यालयसँग सहकार्य गरी यसप्रकारका कार्यशाला आयोजना गरी आफ्ना शिक्षक शिक्षिकाहरुको दक्षता वृद्धिमा जोड दिएर उल्लेखनीय काम गरेको बताइन् । ब्रुक विश्वविद्यालय उक्त कार्यक्रममा ब्रुक विश्वविद्यालयका सह प्राध्यापक डा. श्याम शर्माले आफ्नो विश्वविद्यालय र के.एम.सी. का शिक्षक शिक्षिकाहरुका बीचमा सहकार्यात्मक सम्बन्धमा जोड दिने बताए ।

साथै कार्यक्रममा उपस्थित भएका मोर्गन स्टेट विश्वविद्यालयका सह-प्राध्यापक डा. सिन्थिया डेबिटसनले प्राज्ञिक उन्नयनका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने र यसका लागि सहकार्य गर्न आफू तयार रहेको बताए । के.एम.सी एजुकेशनल नेटवर्कका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले गुणस्तरीय शिक्षाका माध्यमबाट प्राज्ञिक श्रेष्ठता हासिल गर्ने के.एम.सी.को लक्ष्य रहेको बताउँदै त्यसका लागि आगामी दिनमा अझै बढी प्रतिबद्ध भएर लाग्ने बताए ।

उक्त कार्यक्रममा कलेका प्राचार्य सुरेन्द्र सुवेदीले कलेजको आगामी कार्ययोजना र शैक्षिक गन्तव्यको मार्गचित्र प्रस्तुत गरे ।