कीवर्डहरू -

एसईई उत्तीर्ण विद्यार्थीका लागि खल्तीको प्रवेशिका सेवा, आवेदन दिने ५ जनालाई छात्रवृत्ति

एसईई उत्तीर्ण विद्यार्थीका लागि खल्तीको प्रवेशिका सेवा, आवेदन दिने ५ जनालाई छात्रवृत्ति

खल्तीले प्लस २ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ ।

यस प्लेटफर्मबाट एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५० बढी कलेजहरूमा आवेदन दिन सक्नेछन् । यससँगै प्रवेशिका मार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको  १०० प्रतिशत छात्रवृत्ति पनि उपलब्ध हुनेछ ।

प्रवेशिका मार्फत हालै काठमाडौँ उपत्यका रहेका कलेजका लागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ । यो प्रयोगकर्ता-अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीहरूलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा दुवै पक्षहरूलाई सजिलो बनाउने जनाइएको छ ।

अहिले प्रवेशिकाले काठमाडौँ उपत्यका भित्र रहेका ५०+ भन्दा बढी कलेजहरूको विकल्प प्रदान गर्दछ र आउँदा दिनमा उपत्यका बाहिरका कलेजहरू पनि उपलब्ध गराउने उद्देश्य राखेको छ ।

यसैबीच, यस प्लेटफर्मको साथ, कलेजहरूले भौतिक फारमहरू सङ्कलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छन् र सहज प्रवेश प्रक्रिया व्यवस्थापन गर्न सक्छन् भने विद्यार्थी वर्गले पनि छोटो समयमा सजिलै घरै बसी ६०+ कलेज मध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरी आवेदन दिँदै भर्ना प्रक्रिया अगाडी बढाउन सक्नेछन् ।

प्रवेशिका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय  खड्काले एसईई उत्तीर्ण विद्यार्थीहरूको लागि कलेज आवेदन प्रक्रियालाई सरल र सुव्यवस्थित बनाउन प्रवेशिका ल्याइएको बताए ।

विद्यार्थीहरूले pravesika.com मा गएर कलेज भर्नाको लागि आवेदन दिन सक्नेछन्। आवेदकहरू मध्ये ५ भाग्यशाली विजेताहरूले नेपाल मेगा कलेज, युनिभर्सल मोडर्न कलेज, तक्षशिला एकेडेमी, साइपाल एकेडेमी, एसिया प्यासिफिक कलेज जस्ता प्रसिद्ध कलेजहरूमा १०० प्रतिशत छात्रवृत्तिको मौका पाउनेछन् ।