कीवर्डहरू -

सीजी इलेक्ट्रिकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

सीजी इलेक्ट्रिकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

सीजी इलेक्ट्रिकको ब्राण्ड एम्बेस्डरमा चर्चित अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन् । चौधरी समूह अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएलले उनलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो।

पन्त र कम्पनीबीचको सहकार्यले ब्राण्डलाई थप उचाईंमा पुर्‍याउने विश्वास गरिएको छ। नविनता र गुणस्तरप्रति प्रतिवद्ध रहेको सीजीले सुरक्षाको बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्तामा बलियो छाप छाड्ने विश्वास कम्पनीको छ ।

सुरक्षा सिभिल इन्जिनियर पनि हुन्। सुरक्षा सीजीको चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणको ब्राण्डिङमा देखिने छिन्। सुरक्षा र सीजी इलेक्ट्रिक दुबैले उत्कृष्टता र निष्ठाको साझा सन्तुष्टीको दृष्ट्रिकोण राख्ने कम्पनीले दाबी गरेको छ।

सीजीका उपाध्यक्ष एससी साबुले सुरक्षासँगको सहकार्यले ब्राण्डलाई नेक्स्ट लेभलमा पुर्‍याउन सहयोग पुग्ने बताए। अभिनेत्री सुरक्षाले नवीन र उच्च गुणस्तरका उत्पादन भएको सीजीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताईन्।