कीवर्डहरू -

गूगल क्रोमको बजार हिस्सा खस्कदै, सफारी र एजको बढ्दै

गूगल क्रोमको बजार हिस्सा खस्कदै, सफारी र एजको बढ्दै

विश्वको लोकप्रिय ब्राउजर गूगल क्रोमको बजार हिस्सा घट्दै गएको देखिएको छ । स्ट्याट काउन्टरको डेटा अनुसार गूगल क्रोमको बजार हिस्सा घट्दै गएको देखाएको हो ।

तथ्यांक अनुसार गूगल क्रोमको हिस्सा वर्षैपिच्छे घट्दै गएको छ । गत वर्ष गूगल क्रोमको बजारमा हिस्सा ६६ प्रतिशत रहेको थियो । तर यस वर्षको सन् २०२३ को जुनसम्म क्रोमको हिस्सा घटेर ६२ प्रतिशतमा खुम्चिएको छ ।

यो अवधिमा सफारीको भने बजार हिस्सा बढेको छ । सन् २०२२ जुनसम्म १८.६ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्ष बढेर २०.५ प्रतिशत पुगेको छ ।

एप्पलको सफारी ब्राउजर आईफोन, म्याक र आईप्याडमा प्रिलोड भएर आउने गरेको छ । गूगल क्रोम पनि एन्ड्रोइड र क्रोम बुकमा प्रिलोड भएर आउने गरेको छ ।

यद्यपी ब्राजरको बजारमा क्रोमको प्रभुत्व रहेको छ । यसलाई टक्कर दिने कुनै पनि ब्राउजर छैन् । यस बाहेक माइक्रोसफ्ट एज पनि यस वर्ष बजार हिस्सा केही बढाएको छ ।

एज ब्राउजर पनि विन्डोज ल्यापटपमा प्रिलोड भएर आउने गरेको छ । पछिल्लो केही महिनामा एजमा थुप्रै एआई फिचरहरू समावेश भएका छन् ।

सन् २०२२ को जुनसम्म ४ प्रतिशत बजार हिस्सा रहेको एज ब्राउजरको अहिले ५.२ प्रतिशत रहेको छ । यस्तै अर्को ब्राउजर मोजिला फायरफक्सको बजार हिस्सा समेत घटको छ । मोजिलाको ३.२ प्रतिशतबाट घटेर २.८ प्रतिशतमा पुगेको छ ।