कीवर्डहरू -

सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि सानिमा बैंकलाई आइएसओ प्रमाणपत्र

सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि सानिमा बैंकलाई आइएसओ प्रमाणपत्र

सानिमा बैंकले प्रतिष्ठित आइएसओ २७००१–२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय आइटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि यो प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको बताएको छ । यो प्रमाणीकरणले सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा महत्त्वपूर्ण कोसेढुंगा थपिएको विज्ञप्तिमा उल्लेख छ।

आइएसओ प्रमाणीकरणले ग्राहकको डाटा अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित रहेको देखाउने र विश्वास बलियो बनाउने बैंकको भनाइ छ ।