कीवर्डहरू -

भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ईभी एक्स्पो हुने

भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ईभी एक्स्पो हुने

भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एशोशिएसन अफ नेपालले आगामी भदौ १५ गतेदेखि १७ गतेसम्म भृकुटीमण्डपमा ईभी एक्स्पो सञ्चालन गर्न लागेको हो ।

विद्युतीय सवारीलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहने आयोजकको छ । एक्स्पोमा १५० भन्दा धेरै ब्राण्डका गाडी र विद्युतीय सामग्रीहरु प्रदर्शनीमा राखिने बताइएको छ ।

एक्पोका लागि स्टल बुकिङ खुला भएको छ । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री र अन्य विद्युतीय सामग्री रहने छन् ।

अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।