कीवर्डहरू -

सामाजिक सञ्जालको आम्दानीमा ५ प्रतिशत कर, सफ्टवेयर निर्यात गर्दा आउने पैसामा १० प्रतिशत कर 

सामाजिक सञ्जालको आम्दानीमा ५ प्रतिशत कर, सफ्टवेयर निर्यात गर्दा आउने पैसामा १० प्रतिशत कर 

सोमबारदेखि नयाँ आर्थिक वर्ष सुरू भएसँगै करका नयाँ दर पनि लागु भएका छन् । आर्थिक ऐन २०८० मा व्यवस्था भएबमोजिम सोमबारदेखि नयाँ करका दर लागु भएका हुन् ।

सोमबारदेखि नेपालमा युट्युब, टिकटकलगायतबाट हुने आम्दानीमा पनि साउन १ गतेदेखि ५ प्रतिशत कर लाग्ने भएको छ ।

व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराएवापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त अब ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।

यसअघि त्यसरी पैसा प्राप्त गर्दा एक प्रतिशत कर तिरे पुग्थ्यो । त्यस्तो रकम भुक्तानी हुँदा बैंकले नै ५ प्रतिशत कट्टा गरी भुक्तानी गर्छ ।

त्यस्तै, ईकमर्श अपरेटरमार्फत बिक्री गरेको वस्तु तथा सेवा बिक्री गरी सो वापतको रकम ईकमर्श अपरेटरले वस्तु वा सेवाधनीलाई भुक्तानी गर्दा सो रकममा एक प्रतिशत अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था पनि १ साउनबाट नै लागू भएको छ । यो व्यवस्थाले दराजजस्ता प्लेटफर्मबाट सामान बेच्नेले १ प्रतिशत कर कट्टी गरेर मात्रै भुक्तानी पाउँने छन् ।

यस बाहेक विदेशमा बिजनेश प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोगामिङ गरी विदेशी मुद्रा ल्याउँदा लाग्ने करमा गरिएको वृद्धि पनि सोमबारदेखि लागू हुनेछ ।

यसअघि यस्तो रकम ल्याउँदा एक प्रतिशत कर लाग्ने गरेकोमा सोमबारदेखि १० प्रतिशत कर लाग्ने व्यवस्था आर्थिक ऐनले गरेको छ ।