कीवर्डहरू -

१८ मिनेटमै फुल चार्ज हुने रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू, ३ हजार फ्ल्याट छुट 

१८ मिनेटमै फुल चार्ज हुने रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू, ३ हजार फ्ल्याट छुट 

नेपाली बजारमा रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू भएको छ । आगामी जुलाई २१ सम्म यी फोन प्रिबुकिङ गर्न सकिने छ ।

रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजी प्रिबुकिङ गर्दा ३ हजार फ्ल्याट छुट पाइने छ ।

प्रयोगकर्तालाई सधैं डिजाइन र प्रविधिमा केही फरक अनुभूति दिदै आएको रियलमी नेपालका प्रमुख मुनिष गिरीले बताए ।

सस्तो मूल्यमा उत्कृष्ट सेवा दिने रियलमीको कोसिस सधैं रहेने उनको भनाइ छ ।

रियलमी ११ प्रो फाइभजी

यसमा ६.६७ इन्च कर्भड ओएलईडी डिस्प्ले रहेको छ । १२० हर्ज रिफ्रेस रेट रहेको रियलमी ११ प्रोमा मिडियाटेकको डायमेन्सिटी ७०५० प्रोसेसर प्रयोग गरिएको छ ।

१०० मेगापिक्सेल मुख्य क्यामेरा रहेको फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ भने २ मेगापिक्सेलको म्याक्रो क्यामेरा छ । यसमा अल्ट्रावाइड क्यामेरा भने दिइएको छैन् ।

फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसले ६७ वाटको फास्ट चार्जिङ सपोर् गर्छ । रियलमी ११ प्रो एन्ड्रोडमा १३ मा आधारित रियलमी युआई ४ मा चल्छ ।

नेपाली बजारमा रियलमी ११ प्रोको मूल्य ४७ हजार ९९९ रूपैयाँ तोकिएको छ । तर अहिले बुकिङ गर्दा उक्त फोन ४४ हजार ९९९ रूपैयाँमा पाइने छ ।

रियलमी ११ प्रो प्लस फाइभजी

यसमा ६.६७ इन्च कर्भड ओएलईडी प्यानल डिस्प्ले रहेको छ । १२० हर्ज रिफ्रेस रेट रहेको फोनमा मिडियाटेकको डायमेन्सिटी ७०५० प्रोसेसर प्रयोग गरिएको छ । रियलमी ११ प्रो प्लसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ, जसले फोरएक्ससम्म जुम गर्न सक्छ ।

यसमा ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो सेन्सर राखिएको छ भने ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यसमा १०० वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेगरी ५ हजार एमएएचको ब्याट्री राखिएको छ । यसले १८ मिनेटमै १०० प्रतिशत चार्ज गर्न सक्ने छ । इनडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर भएको यो फोन एन्ड्रोइड १३ मा आधारित रियलमी युआई ४ मा चल्दछ ।

नेपाली बजारमा यो फोन १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा आएको छ । यसको मूल्य ६१ हजार ९९९ रूपैयाँ कायम गरिएको छ तर अहिले बुकिङ गर्दा ५८ हजार ९९९ रूपैयाँमै पाइने छ ।