कीवर्डहरू -

दराजको महाबचत बजार, सामान किन्दा ७० प्रतिशतसम्मको छुट

दराजको महाबचत बजार, सामान किन्दा ७० प्रतिशतसम्मको छुट

दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ । यस अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको छ |

दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित  सपिङ्ग, सामान डेलिभरी र अन्य  थुप्रै सेवाहरु प्रदान गर्दछ ।

उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई-सेवा र बैंक कार्ड मार्फत प्रि-पेमेन्ट्को पनि व्यवस्ता गरेको छ जसमा ग्राहकहरुले १० प्रतिशत छुट अधिकतम रु. १००० र १५ प्रतिशत छुट अधिकतम रु. १५०० प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, यस अभियानको गिभअवे प्राइजमा Panasonic 270 L Inverter Frost-Free Double-Door Refrigerator, Panasonic 55 Inch 4K HDR Smart Android LED TV, र Panasonic 8kg Front Load Washing Machine समावेश छ। मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम रु. ३५०० को प्रि-पेमेन्ट गर्नुपर्ने हुन्छ ।

ग्राहकहरूले काउन्टडाउन सेल्समा उपहारको रूपमा Panasonic 27 Litres Convection Oven With Twin Turbo Cooking जित्ने मौका पनि पाउनेछन्।

दराजकी मार्केटिङ हेड भिधा प्रधानले ‘यस अभियानद्वारा कम्पनीले आफ्ना ग्राहकहरुलाई अनलाइन सपिङको महत्व र यस अभियानमा प्रदान हुने आकर्षक छुट र अफरहरु प्रदान गर्ने’ बताइन् ।