कीवर्डहरू -

खल्तीका सहसंस्थापक अमित अग्रवाललाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान 

खल्तीका सहसंस्थापक अमित अग्रवाललाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान 

खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवाल आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्डबाट सम्मानित भएका छन् ।

६१ औं इन्जिनियर्स दिवसको अवसरमा अग्रवालालाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान गरिएको हो ।

अमितको जन्म वीरगंजमा भएको हो । वीरगंजमै प्रवेशिका परीक्षासम्मको अध्ययन गरेका अग्रवाल त्यसपछि काठमाडौं आए ।

काठमाडौंको हिमालय ह्वाइट हाउस इन्टरनेशनल कलेजबाट प्रविणता तहमा विज्ञान विषय पढेका उनले स्नातक कम्प्युटर इन्जिनियरिङमा गरेका गरेका थिए ।

एमबीएमा स्नातकोत्तर  गरेका उनले अर्बिन्द शाह, मनिश मोदि, ध्रुब अधिकारी लगायतकासंगै पढेका साथिहरु मिलेर स्पारो एसएमएस सेवाबाट उद्यमशीलतामा जोडिएका थिए ।

अहिले यही समूहले खल्ती पेमेन्ट सेवा प्रदायक सञ्चालन गरिरहेका छन । अग्रवालले लिभिङ विथ आइसीले प्रदान गर्ने आइसिटि अवार्ड अन्तर्गत आन्टरप्रेनर्स आइसिटी अवार्ड पनि प्राप्त गरिसकेका छन ।