कीवर्डहरू -

४४१० मिटर उचाइमा एटिएम सेवा

४४१०  मिटर उचाइमा एटिएम सेवा

काठमाडौं। कुमारी बैंकले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्गबोचेमा एटिएम सेवा सुरु गरेको छ।

सोलुखुम्बु स्थित चार हजार चार सय दश मिटर उचाइमा रहेको यो एटिएम देशको सबैभन्दा उचाइमा रहेको एटिएम भएको कुमारी बैंकको भनाई छ।

सगरमाथा आरोही तथा त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको आर्थिक कारोबार सहज गर्ने उद्देश्यले कुमारी बैंकले दिङ्गबोचेमा एटिएम सेवा सुरु गरेको छ।