कीवर्डहरू -

नेक्स्ट २० स्टार्टअप कार्यक्रमको उत्कृष्ट २० स्टार्टअपमा नेपालबाट मोनाल टेक छनौट

नेक्स्ट २० स्टार्टअप कार्यक्रमको उत्कृष्ट २० स्टार्टअपमा नेपालबाट मोनाल टेक छनौट

नेक्स्ट २० स्टार्टअप कार्यक्रमको उत्कृष्ट स्टार्टअपमा नेपालबाट मोनाल टेक छनौट भएको छ । नेक्स्ट २० स्टार्टअप कार्यक्रममा विश्वभरका स्टार्टअप मध्येबाट शीर्ष २० मा नेपालको मोनाल टेक पनि परेको हो ।

उत्कृष्ट २० मा परेका स्टार्टअपले आगामी सेप्टेम्बर १९ देखि २१ सम्म डेनमार्कमा हुने प्रदर्शनी तथा पिचिङ सेसनमा सहभागी हुनेछन् । त्यसपछि सर्वोत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने छ ।

स्टार्टअपहरूका लागि नेक्स्ट २० स्टार्टअप कार्यक्रम राम्रो प्लेटफर्म भएको मोनाल टेककी संस्थापना मोना न्याचोङले बताइन् । यस कार्यक्रमले लगानी, नेटवर्क, मार्केटिङ र एक्सपोजरमा सहयोग गर्नेछ ।

टीएम फोरम डीटीडब्लुले आयोजना गर्ने नेक्स्ट २० स्टार्टअप कार्यक्रममा पाँच वर्षभन्दा कम समयमा स्थापना भएका स्टार्टअप सहभागी हुन्छन् ।

मोनाल टेकले गत वर्षको स्टार्टअप आइसिटी अवार्ड समेत प्राप्त गरेको थियो । मोनाल टेकले साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेको छ ।