कीवर्डहरू -

महावीर पुनले अन्तरिक्षयात्री निल आर्मस्ट्रङसँग मागेका थिए छात्रवृत्ति

महावीर पुनले अन्तरिक्षयात्री निल आर्मस्ट्रङसँग मागेका थिए छात्रवृत्ति

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अन्तरिक्षयात्री निल आर्मस्ट्रङसँग छात्रवृतिका लागि पत्र लेखेको बताएका छन् ।

५४ वर्ष अगाडि आजकै दिन मानवजातीले पहिलो पटक चन्द्रमामा पाइला टेकेको अवसरमा पुनले निल आर्मस्ट्रङलाई पत्र लेखेको अनुभव बाँडेका हुन् ।

३६ वर्ष अगाडि अन्धाधुन्दा अमेरिकामा पढ्न जाने प्रयास गर्दै गर्दा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङलाई पनि छात्रवृतिको लागि अनुरोध गर्दै पत्र लेखेको महावीर पुनले बताएका छन् ।

‘आज भन्दा ३६ वर्ष अगाडि मैले अन्धाधुन्दा अमेरिकामा पढ्न जान प्रयास गर्दै थिएँ,’ उनले फेसबुक पोष्टमा लेखेका छन, ‘त्यसो गर्दै गर्दा  चन्द्रमामा पाइला टेक्ने पहिलो मानब निल आर्मस्ट्रोंग लाई पनि छात्रवृतिको लागि अनुरोध गर्दै पत्र लेखेको थिएँ ।

महावीर पुनले पठाएको पत्र पढेर निलले आफ्ना सहयोगीमार्फत त्यसको जवाफ समेत फर्काएका थिए ।

‘आर्मस्ट्रङले मलाई पत्र र ग्रामीण नेपालको शिक्षा सुधार गर्ने योजनालाई धन्यवाद भन्नु भएको छ,’ निलका सहयोगी भिभियन ह्वाइटको नामबाट फर्काएको जवाफमा भनिएको छ, ‘शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको उच्च प्रेरित शिक्षक हो भन्नेमा आर्मस्ट्रङ विश्वास गर्नहुन्छ ।’

आर्थिक सहयोग गर्न सक्ने स्थानमा नरहेको भन्दै उनको तर्फबाट निरन्तर सफलताका लागि शुभकामना र हौसला दिइएको छ ।

यस्तो छ जवाफ

\"\"