कीवर्डहरू -

गेमिङ कम्पनी एक्टिभिजन ब्लीजार्डलाई अधिग्रहण गर्दै माइक्रोसफ्ट

गेमिङ कम्पनी एक्टिभिजन ब्लीजार्डलाई अधिग्रहण गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले गेमिङ कम्पनी एक्टिभिजन ब्लीजार्ड अधिग्रहण गर्ने भएको छ । ३ अर्ब ५० करोड डलरमा माइक्रोसफ्टले एक्टिभिजन ब्लीजार्ड खरिद गर्ने भएको हो ।

एक्टिभिजन ब्लीजार्डले सम्झौता पूरा गर्ने समयसीमा अक्टोबर १८ सम्म बढाइएको छ । दुबै कम्पनीहरू युनाइटेड किंगडमको एन्टिट्रस्ट अथोरिटीबाट सम्झौताको स्वीकृतिमा काम गरिरहेका छन् ।

एक्टिभिजन ब्लीजार्ड लोकप्रिय खेल कल अफ ड्युटी बनाउने कम्पनी हो । अगस्ट २९ गतेसम्म सम्झौता सम्पन्न भएमा दुवै कम्पनीले डिल टर्मिनेशन शुल्क ३ अर्ब डलरबाट बढाएर ३ अर्ब ५० करोड डलर पुर्‍याउने पनि सहमति भएको छ । तर सेप्टेम्बर १५ पछि यो शुल्क बढेर ४.५ अर्ब डलर पुग्नेछ ।

दुवै अमेरिकी कम्पनीले जुलाई १८ सम्ममा सम्झौता सम्पन्न गर्ने सहमति जनाएका छन् । तर, पुनर्संरचनाका लागि अमेरिकी नियामक र बेलायतको दबाबमा सम्झौता सम्पन्न गर्न ढिलाइ भएको हो ।

युएस फेडरल ट्रेड कमिसन (एफटीसी) ले सुरुमा यो सम्झौता रोक्न अदालत गएको थियो । सम्झौताले माइक्रोसफ्टको एक्सबक्सलाई एक्टिभिजन खेलहरूमा विशेष पहुँच दिने कमिसनको तर्क थियो । यसले अन्य गेमिङ प्लेटफर्महरू जस्तै निन्टेन्डो कन्सोल र सोनी ग्रुपको प्लेस्टेशनमा नराम्रो प्रभाव पार्न सक्ने जनाइएको छ ।

माइक्रोसफ्टले यो सम्झौता गेमर र गेमिङ कम्पनी दुवैका लागि फाइदाजनक रहेको बताएको छ । यससँगै नियामक निकायको चासोको जवाफ दिँदै आफ्नो प्रतिद्वन्द्वीलाई १० वर्षसम्म खेलको लाइसेन्स दिने प्रस्ताव पनि गरेको छ ।

माइक्रोसफ्टको एक्सबक्सको सबैभन्दा ठूलो प्रतिस्पर्धी सोनीको गेमिङ कन्सोल प्लेस्टेशनमा एक्टिभिजन ब्लीजार्डले 'कल अफ ड्युटी’ को लागि सम्झौता गरेको थियो ।