कीवर्डहरू -

दराज महाबचत योजनामा सानिमा बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

दराज महाबचत योजनामा सानिमा बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ ।

यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु. १,०००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,५००/- सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक युट्युबमा राखिएको छ ।

यो योजना २०८० साउन ४ देखि साउन १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम संचालनमा रहेका छन् ।