कीवर्डहरू -

डिशहोमको सहयोगमा राष्ट्रिय चेस च्याम्पीयन खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कपमा सहभागी हुँदै

डिशहोमको सहयोगमा राष्ट्रिय चेस च्याम्पीयन खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कपमा सहभागी हुँदै

नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ । स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवद्र्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित एफआईडीई चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो ।

एफआईडीई चेस वर्ल्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाई देखि अगस्ट २४ सम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने अवसरको रुपमा लिएको छ ।

कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वकोष मार्फत एफआईडीई चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्नेछ ।

कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पु‍र्‍याउन विश्वास लिएको छ ।