कीवर्डहरू -

आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा ल्यापटप जित्ने अवसर

आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा ल्यापटप जित्ने अवसर

आइएमई पे रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो ।

सो अफर यही साउन १ गते देखि साउनको अन्त्य सम्म चल्ने छ । यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन  पाउनुहुनेछ ।

साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेछ । यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आइएमई पेको सामाजिक संजालमा प्रकाशन गरिने छ ।

यो अफर ग्राहकलाई विद्युतीय माध्यममार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विद्युतीय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुचारु गरिएको हो ।