कीवर्डहरू -

प्रभु बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा धुलिखेल डेण्टलमा २० प्रतिशत छुट

प्रभु बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा धुलिखेल डेण्टलमा २० प्रतिशत छुट

प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रालिबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्ति दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउने जनाइएको छ ।

सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेण्टल केयरका प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ ।