नेपाल राष्ट्र बैंकले अब राष्ट्रिय परिचयपत्रलाई केन्द्रिकृत केवाईसी प्रणालीमा जोड्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने व्यवस्था गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागरेको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) समेतलाई केन्द्रीय ग्राहक पहिचान (सेन्ट्रलाइज्ड केवाईसी) प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
आईसीटी समाचार