कीवर्डहरू -

खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, ८ लाख ६८ हजार भन्दा बढी सहभागी

खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, ८ लाख ६८ हजार भन्दा बढी सहभागी

खल्तीको वार्षिक अफर द बिगेस्ट पेमेन्ट जात्रामा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा ५ वटा पल्सर N160, २ वटा आईफोन १४, वनप्लस ११, डायमण्ड रिङ तथा अन्य उपहारहरु समावेश थियो ।

यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट ५० वटा स्मार्टवाचहरू, ३० वटा इयरबडहरू, ५०० चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो ।

पाँच वटा पल्सर बाइकका विजेताहरु यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ जस्का बिजेताहरु बिटु साह कल्वार (राउण्ड १), प्रदिप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउण्ड) रहेका छन् ।

अन्तिम लाइभमा २ वटा पल्सर N160 - राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरु बम्पर उपहार जस्तै iPhone 14, OnePlus 11, र Diamond Ring का भाग्यशाली विजेता घोषणा भएका थिए ।

यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तै: स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुकेमार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन्।

३ वटा पल्सर बाइकका विजेताहरू यस अफरमा पहिले नै फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ र अब अन्तिम लाइभ साउन ५ गते हुनेछ।

यस विजेता छनोटमा, २ वटा पल्सर N160  राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरु बम्पर उपहार जस्तै आईफोन १४, वनप्लस ११ र डायमण्ड रिङका भाग्यशाली विजेता घोषणा गरिनेछ। यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तै: स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु.  ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन्।

यस अफरको सफलताको बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न जात्रा सुरू गरिएको थियो ।