कीवर्डहरू -

सुजुकी मेघा एक्स्चेन्ज क्याम्प सुरु

सुजुकी मेघा एक्स्चेन्ज क्याम्प सुरु

काठमाडौं– सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भी. जी. अटोमोबाइल्सले सम्पूर्ण ग्राहकहरुका लागि मेघा एक्स्चेन्ज क्याम्प ल्याएको छ ।

यस योजना जेष्ठ १३ गते देखि १९ गते सम्म नेपाल अधिराज्यभर भी. जी. अटोमोबाइल्सका शोरुमहरुमा लागू भइरहेका छन् । जस अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरि सुजुकीको नयाँ
मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ ।

यस योजना अन्तर्गत गुड्दै नगुड्ने तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिने कम्पनीले जनाएको छ ।

समय सापेक्ष मोटरसाइकलहरुको एक्स्चेन्जले नयाँ मोटरसाइकल दिने र पुरानोको पनि उचित मुल्यांकन हुने हुँदा ग्राहकलाई फाइदा पुग्ने कुरामा कम्पनी बिश्वस्त छ ।