कीवर्डहरू -

टाटा मोटर्सको मनसून म्याजिक सुरु, जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने

टाटा मोटर्सको मनसून म्याजिक सुरु, जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने

साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा मनसून म्याजिक सुरु भएको छ ।

अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ । तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यही क्रममा बढिरहेको छ ।

प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडीसंग साट्ने क्रम बढ्दो छ ।

ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर मनसून म्याजिक नाम दिइएको  एक्सचेन्ज क्याम्प सुरु हुन लागेको कम्पनीको भनाइ छ ।

मनसुन म्याजिकमा जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था गरिनुका साथै फाइनान्सिङ्गको सुविधा, गाडी सम्बन्धी दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव, निःशुल्क गाडीको थप एक्सेसोरिज उपलब्ध हुनेछ ।

यो म्याजिक सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरु सञ्चालन हुनेछ ।