कीवर्डहरू -

ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त

ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त

ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङ (ForeverYNG) ले अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

यो सहकार्यले ब्रान्डको उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास लिइएको छ । साथै यसले नयाँ ब्रान्ड पहिचान र सौन्दर्य उद्योगमा फरएभर योङको उपस्थिति विस्तार हुने जनाइएको छ ।

फरएभरयोङका संस्थापक तथा सीईओ शक्ति थापाले ब्राण्ड एम्बास्डरको रूपमा सुरक्षा पन्तलाई पाउँदा उत्साहित भएको बताए ।

‘उहाँको असाधारण प्रतिभा, आफ्नो कामप्रतिको लगाव र साहसी व्यक्तित्व हाम्रो ब्रान्डको दर्शनसँग मिल्छ, जुन हाम्रो नयाँ लोगोमा पनि झल्किएको छ,’ उनले भने, ‘सँगै मिलेर, हामी हाम्रो अभियान ‘I'm ForeverYNG’ मार्फत प्रत्येक व्यक्तिलाई आफ्नो सुन्दरता र विशिष्टता अँगाल्न प्रेरित गर्ने लक्ष्य राखेका छौँ।’