कीवर्डहरू -

ट्विटरको नयाँ लोगोः चरा हट्यो, एक्स आयो

ट्विटरको नयाँ लोगोः चरा हट्यो, एक्स आयो

ट्विटरले आधिकारिक रूपमा आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघि ट्विटरको लोगोमा भएको चरालाई हटाउँदै आधिकारिक लोगोको रूपमा ‘एक्स’लाई राखिएको हो ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देख्न सकिन्छ । एलन मस्कले ट्विटरलाई खरिद गरेपछि त्यसमा विभिन्न किसिमका परिवर्तन गर्दै आएका थिए । तर ट्विटरको लोगो परिवर्तनलाई मुख्य परिवर्तनको रूपमा हेरिएको छ ।

ट्विटरको नयाँ लोगो वेबसाइटमा समेत लाइभ भइसकेको छ । यस बाहेक अब एक्स डटकम वेबसाइट खोल्दा त्यो ट्विटर डटकममा रिडाइरेक्ट हुनेछ ।

\"\"

एक्स अक्षरसँग मस्कको छुट्टै लगाव छ । मस्कले सन् १९९७ मा अनलाइन बैंकिङ सर्भिस प्लेटफर्मको रूपमा एक्स डटकम सुरू गरेका थिए । त्यसपछि उक्त कम्पनी पेपाल भएको थियो ।

मस्कले सन् २०१७ मा एक्स डटकम डोमेन खरिद गरेका थिए । डोमेन खरिद गरेपछि उनले डोमेन खरिद गर्न दिएकोमा पेपाललाई धन्यवाद समेत दिएका थिए ।

मस्कले यसअघि ट्विटरको कम्पनीको नाम समेत एक्स कर्प बनाएका थिए । मस्कको स्पेशमा का गर्ने स्पेश एक्स नामक कम्पनी समेत छ । हालसालै उनले एआईको क्षेत्रमा काम गर्ने गरी एक्स एआई कम्पनी खोलेका छन् ।