कीवर्डहरू -

माछापुच्छ्रे बैंकको क्युआर स्क्यान गर्दा कारोबार सफल भएको जानकारी अब बोलेर पनि दिने

माछापुच्छ्रे बैंकको क्युआर स्क्यान गर्दा कारोबार सफल भएको जानकारी अब बोलेर पनि दिने

डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स प्रविधिको शुभारम्भ गरेको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट यो सेवा शुभारम्भ गरिएको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

गत शुक्रबारदेखि क्युआरमा भ्वाइस बक्स जडान गरि माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै बोलेर पनि जानकारी दिनेछ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआरप्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने अपेक्षा बैकको छ ।

यस सुविधाबाट हजारौँ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।  सोको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास  बैंकको छ ।

हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैकले जानकारी दिएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।