कीवर्डहरू -

फेसबुक पेज खोलेर ठगी गर्ने पक्राउ

फेसबुक पेज खोलेर  ठगी गर्ने पक्राउ

काठमाडौं। सामाजिक संजाल फेसबुकमा “रुम एण्ड फल्याट अन रेन्ट इन काठमाडौं ” पेज बनाएर बिभिन्न स्थानमा रुम र फल्याट खाली रहेको भन्दै ठगी गर्ने रामचन्द्र भट्टराईलाई महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ४ खलंगाबाट प्रकाउ गरेको छ।

पेजमा सम्पर्क नम्बर राखेर फोन गर्ने ग्राहकहरुलाई रुम तथा फल्याट हेर्नु अगाडी सेवा शुल्क १५०० देखी ४००० सम्म लाग्ने भनि उक्त रकम आइएमी पे, ई-सेवा मा जम्मा गर्न लगाउने र जम्मा भएपछि सम्पर्क बिहिन हुने गरेको थिय।

२६ बर्षका रामचन्द्र भट्टराईको घर साल्पा सिलिछो गाउँपालिका वडा नं ९ कुलुङ भोजपुर हो। उनको साथबाट ल्याप्टप, झोला, मोबाइल, पेन ड्राइभ, चेक बुक, एटिएम, नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ।