कीवर्डहरू -

थ्रेड्समा आईओएस प्रयोगकर्ताका लागि फलोज ट्याब सार्वजनिक

थ्रेड्समा आईओएस प्रयोगकर्ताका लागि फलोज ट्याब सार्वजनिक

थ्रेड्समा आईओएस प्रयोगकर्ताहरूका लागि नयाँ ट्याब थपिएको छ । कम्पनीले प्रयोगकर्ताका लागि फलोज ट्याब ल्याएको छ । यो ट्याब एक्टिभीटी फिडमा फेला पार्न सकिने छ ।

थ्रेडहरूमा आफ्ना फलोअरहरूको संख्या बढाउन चाहन्छन्, उनीहरूका लागि यो सुविधा उपयोगी साबित हुनेछ । यो फिचरको मद्दतले आईओएस प्रयोगकर्ताले आफ्ना फलोअर्स लिस्टको हरेक अपडेटमा नजर राख्न सक्नेछन् ।

इन्स्टाग्राम प्रयोगकर्ताहरूले थ्रेडका लागि केही विशेष सुविधाहरू प्राप्त गरिरहेका छन् । इन्स्टाग्राम प्रयोगकर्ताहरूले थ्रेडहरूमा उनीहरूको सामग्री सिङ्क गर्न सक्छन् । ती इन्स्टाग्राम प्रयोगकर्ताहरू जसको इन्स्टाग्राममा ठूलो फ्यान फलोइङ छ उनीहरूले आफ्ना फलोअरहरू पनि थ्रेडमा थप्न सक्षम हुनेछन् ।

नयाँ अपडेटको साथ, थ्रेड प्रयोगकर्ताहरूले पोस्ट अनुवादको सुविधा पनि पाइरहेका छन् । यस फिचरको मद्दतले अन्य कुनै पनि भाषामा पोस्ट सेयर गर्ने प्रयोगकर्तालाई थ्रेड प्रयोगकर्ताले त्यसलाई फलो गर्दा कुनै भाषा समस्याको सामना गर्नु पर्दैन् ।

आईओएस प्रयोगकर्ताहरूका लागि ल्याइएका सुविधाहरू चाँडै एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि सार्वजनिक गरिनेछ ।

केही समय अगाडि इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूको लागि टेक्स्टमा–आधारित प्लेटफर्म मेटा थ्रेड्स सार्वजनिक गरेको थियो । यो एप ट्विटर प्रतिद्वन्द्वीको रूपमा ल्याइएको हो । प्रयोगकर्तालाई आकर्षित गर्न थ्रेड्सले यो फिचर ल्याएको हो ।