कीवर्डहरू -

सीजी नेटको नयाँ अफर, इन्टरनेट रिफर गर्नेले टिभी, स्मार्टवाच र एयर पड्स पाउने

सीजी नेटको नयाँ अफर, इन्टरनेट रिफर गर्नेले टिभी, स्मार्टवाच र एयर पड्स पाउने

सीजी नेटले रिफर, रिडिम र रिपिट अर्थात (आरआरआर) अफर ल्याइएको छ । यस अन्तर्गत सीजीनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् ।

साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको  अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन् । आरआरआर अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउँनेछन् ।

यसका साथै ३ जनासम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ । सीजी नेटका उत्पादन प्रबन्धक करूणेश गुप्ता भन्छन् ‘हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई आरआरआर अफर ल्याउँदा खुसी छौं ।’

आरआरआर अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा सीजी नेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि लिडरसीप बोर्ड लागु गरेको छ ।

यस अवधिभरमा सफलतापूर्वक सबै भन्दा बढी रिफर गर्ने ३ जना मध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो-उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ ।