कीवर्डहरू -

एनसीआईटी कलेजमा टेक्नोप्रेनरसिप कोर्ष सम्पन्न

एनसीआईटी कलेजमा टेक्नोप्रेनरसिप कोर्ष सम्पन्न

नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी) ले टेक्नोप्रेनरसिपको समापन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । टेक्नोप्रेनरसिप यो वर्षको मे देखि जुलाईसम्म हरेक शनिबार आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्याल, विज्ञान तथा प्रविधि संकायका डिन राजेश कुमार थागुराथी प्रमुख अतिथिको रुपमा रहेका थिए ।

योसँगै समापन समारोहमा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल, आईएलओ–सेल प्रोजेक्टका प्रकाश शर्मा र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले आफ्नो मन्तव्य राखेका थिए ।

टेक्नोप्रेनरसीपलाई आर्थिक तथा प्राविधिक रूपमा युनिभर्सिटी ग्रान्ट कमिसनले सहयोग गरेको थियो । कलेजले ४० घण्टाको उद्यमशीलता कोर्सको आयोजना गरेको थियो ।

कोर्षमा सहभागीहरुलाई इनोभेसन र उद्यमशीलताको बारे सिकाइएको थियो । कार्यक्रममा वर्कशप, प्रेरक सेसन, फिल्ड भिजिट आदि आयोजना गरिएको थियो ।

कार्यक्रममा कुल १४२ जना सहभागी रहेका थिए, जसमा ४७ जना विद्यार्थी र ३७ ओटा स्टार्टअप टिम रहेका थिए । कार्यक्रममा विद्यार्थी तथा रिसोर्स व्यक्ति तथा प्रदर्शनी गर्नेलाई प्रमाणपत्र दिइएको थियो ।