कीवर्डहरू -

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबीच सहकार्य

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबीच सहकार्य

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदरावादबीच सहकार्य भएको छ ।

दुबै संस्थाहरूबीच संयुक्त डक्टोरल कार्यक्रम (जेडीपी) सँगै शैक्षिक सहकार्य र अनुसन्धानका लागि समदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अन्तर्गत, इच्छुक विद्यार्थीहरू छनोट प्रक्रियामा आधारित भएर काठमाडौं विश्वविद्यालय वा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादमा पीएचडीमा भर्ना हुन सक्ने छन् ।

त्यसपछि यी विद्यार्थीहरूमध्येबाट जेडीपी स्कोलरहरूलाई छनोट गर्नेछन्, जसमा दुवै संस्थाका संकाय सदस्यहरू विद्यार्थीहरूको गाईड-पर्यवेक्षकको रूपमा हुनेछन् । तर प्राथमिक गाईड उनीहरूको गृह संस्थानबाट नै हुनेछन् ।