कीवर्डहरू -

शनिबार एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुँदै

शनिबार एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुने भएको छ ।

एनसीआईटी कलेजको रिसर्च सेल र आईटी इन्क्युबेटरले आयोजना गरेको प्रदर्शनीमा ५० बढी कम्पनी, ६० बढी अन्तिम वर्षका विद्यार्थीका परियोजना र ४० बढी बिजनेस प्लान हुनेछन् ।

बिहान ११ बजेदेखि २ बजेसम्म हुने प्रदर्शनी तथा करियर फेयर कलेजको प्रांगनमा सञ्चालन हुने कलेजले जनाएको छ ।