कीवर्डहरू -

आइफोनको सेफ्टी फिचरले बचायो कारसहित ४०० फिट गहिराइमा खसेका व्यक्तिको ज्यान

आइफोनको सेफ्टी फिचरले बचायो कारसहित ४०० फिट गहिराइमा खसेका व्यक्तिको ज्यान

आइफोन सेफ्टी फिचरले एकजना प्रयोगकर्ताको ज्यान बचाएको छ । लस एन्जलसमा कारसहित ४०० फिट गहिराइमा खसेका एकजना व्यक्तिलाई सेफ्टी फिचरले बचाएको हो ।

मिडिया रिपोर्टका अनुसार माउन्ट विल्सन क्षेत्रमा एक व्यक्ति आफ्नो कारसहित ४०० फिट गहिराइमा खसेका थिए । त्यसपछि उनको आइफोन १४ ले जीवन बचाएको थियो ।

घटना भएको ठाउँमा वाइफाइ कभरेज र सेलुलर नेटवर्कको सुविधा थिएन । तर आईफोनले पहिले कार दुर्घटना पत्ता लगायो, त्यसपछि उपकरणले आपतकालीन केन्द्रमा टेक्स्ट मेसेज पठाएको थियो ।

आईफोनले स्याटेलाइट कनेक्सन प्रयोग गरेर टेक्स्ट मेसेज पठाएको थियो । यति मात्र होइन, डिभाइसको सहायताले प्रयोगकर्ताको स्थानको जानकारी आपतकालीन टोलीसम्म पुर्‍याएको थियो ।

सन्देश प्राप्त गरेपछि, आपतकालीन टोलीले प्रयोगकर्तालाई फेला पारेर उद्धार गरिएको थियो । आइफोन प्रयोगकर्ताको उद्धारपछि उनको ज्यान जोगियो ।

मिडिया रिपोर्टका अनुसार प्रयोगकर्ताको सही स्थान ट्र्याक गर्न गाह्रो थियो । खतरनाक दुर्घटनापछि आइफोन प्रयोगकर्तालाई धेरै गम्भीर चोटपटक लागेको थियो । यस्तो अवस्थामा आइफोनको सहयोगले मात्रै उद्धार टोलीलाई समयमै सही स्थानमा पुग्न मद्दत पुगेको थियो ।

प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै एप्पलले आइफोनमा इमर्जेन्सी एसओएस र क्र्यास डिटेक्शन जस्ता फिचर थपेको छ ।