कीवर्डहरू -

यस्ता छन् सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेका स्मार्ट प्रविधि (फोटो फिचर)

यस्ता छन् सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेका स्मार्ट प्रविधि (फोटो फिचर)

सफ्टवेरिका कलेजमा टेक एक्स २०२३ सुरू भएको छ । बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरू भएको हो ।

विद्यार्थीले तयार पारेका प्रोजेक्टमाथि थप अनुसन्धान गरी प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको सफ्टवेरिका कलेजका प्रमुख प्रदिप पौडेलले बताए ।

‘विद्यार्थीको उद्यमशीलताको परीक्षण गर्न र कोर्ष वर्कको रूपमा गरेका प्रोजेक्टलाई थप बढावा दिन प्रदर्शनी आयोजना गरेका हौं,’ उनले आइसिटी समाचारसँग भने, ‘प्रदर्शनीमा रोबोटिक्स, एआई र साइबर सुरक्षासँग सम्बन्धि प्रोजेक्टहरू राखिएको छ ।’

प्रदर्शनीमा एआई, साइबर सुरक्षा, स्मार्ट सिटी लगायतका ३० बढी प्रोजेक्ट राखिएको छ । प्रदर्शनीमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् ।

यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सुचना दिने फायर अलार्म सिस्टम, स्मार्टवाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन् ।

यस बाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन्  । साउन ११ गतेदेखि १४ गतेसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ ।

बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयहरूको अध्यापन हुने गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्सपोको नाममा प्रस्तुत गरिएको छ ।

फोटो फिचर

\"\"
\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"