इलेक्ट्रोनिक कम्पनी वानप्लस आफ्नो पहिलो फोल्डेबल फोनको साथ छिट्टै बजारमा सार्वजनिक हुनेछ । वानप्लसको फोल्डेबल फोनलाई लिएर बजारमा लामो समयदेखि चर्चा चलिरहेको छ । यसैलाई प्रमाणित गर्दै कम्पनीले आफ्नो फोल्डेबल फोनको नामको बारेमा आधिकारिक पोस्ट साझा गरेको छ ।
वानप्लसले फोल्डेबल फोनको बारेमा मोबाइल वर्ल्ड कंग्रेसमा जानकारी दिएको छ । कम्पनीको पहिलो फोल्डेबल फोन यसै वर्षको तेस्रो त्रैमासिकमा सावृजनिक हुन सक्ने अनुमान गरिएको छ । वानप्लस ११ लन्च कार्यक्रममा यस उपकरणको बारेमा जानकारी पनि खुलासा गरिएको छ ।
वानप्लसको नयाँ डिभाइसले बजारमा सामसङ र गुगल जस्ता अन्य ठूला ब्राण्डसँग प्रतिस्पर्धा गर्ने विश्वास गरिएको छ । आफ्नो पहिलो फोल्डेबल फोनको नामको बारेमा जानकारी दिँदै कम्पनीले फोल्डेबल फोनलाई वानप्लस ओपनको नामबाट सार्वजनिक गरेको बताएको छ ।
वानप्लसको पहिलो फोल्डेबल फोनलाई लिएर बजारमा धेरै चर्चा भइरहेको छ । यो डिभाइस २९ अगस्टमा लन्च गर्न सकिने विश्वास गरिएको छ । यदि मिडिया रिपोर्टहरूको विश्वास गर्ने हो भने नयाँ फोल्डेबल फोन ओप्पो फाइन्ड एन२ को उन्नत संस्करण हुन सक्छ ।
यो उपकरण फोल्डिंग डिजाइन संग आउनेछ । यो फोन पहिले चीनमा लन्च गर्न सकिने अनुमान गरिएको छ, त्यसपछि कम्पनीले यसलाई विश्वव्यापी रूपमा लन्च गर्न सक्नेछ ।