कीवर्डहरू -

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा शुरू

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा शुरू

काठमाडाैं । नेपाल टेलिकमले वीरेन्द्रनगरमा उच्च गतिको फाइबर टू होम सेवा शुरू गरेको छ । यसअघि एडीएसल सेवामार्फत इन्टरनेट वितरण गर्दै आएको टेलिकमले फाइबर सेवा शुरू गरेको हो ।

पहिलो चरणमा वीरेन्द्रनगरको पीपलचौतारा, वीरेन्द्रचोक र तलो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिने नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । ‘दश दिनभित्रै फाइबरबाट इन्टरनेट जडान गर्दैछौं’ खतिवडाले भने, ‘वीरेन्द्रनगरका बाँकी क्षेत्रमा भने आउने आर्थिक वर्षमा फाइवर सेवा विस्तार गर्ने लक्ष्य छ ।’

टेलिकमले तत्काल अफिसियल र इत्राम क्षेत्रमा समेत फाइबरको काम शुरू गर्न लागेको छ । फाइबर विछ्याउन वीरेन्द्रनगरका केही क्षेत्रमा सर्भेको काम शुरू गरिएको प्रमुख खतिवडाको भनाइ छ । दैलेख सदरमुकाममा पनि फाइबर विस्तार गर्ने काम जारी रहेकाले दुई महीनामै इन्टरनेट सेवा शुरू हुने नेपाल टेलिकम सुर्खेतले बताएको छ ।

ग्राहकले ८ एमबीपीएसको इन्टरनेटमा फोन सेवा, डिभाइस र एकसय मिटर तार निशुःल्क पाउनेछन् । यसको वार्षिक शुल्क ८ हजार रहेको टेलिकमले बताएको छ ।